काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो। संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको छ।  कांग्रेस सभापति शेरवहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका अन्य दलका नेता बैठकमा सहभागी हुनेछन् ।