कन्चनपुरको बेदकोट नगरपालिकाका कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ ।
धनगढी स्थित सेति प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा बेदकोट नगरपालिकाका वडा नम्बर १० का ८१ बर्षिय पुरुषको मृत्यु भएको हो । शुक्रबार नै कोरोना संक्रमण देखिएको उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो ।