महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार सेती प्रादेशीक अस्पतालमा एक जना र महाकाली अस्पतालमा ८ जनामा पिसीआर पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुने सबै भीमदत्त नगरपालिकाका स्थानीय हुन । त्यसैगरी गड्डाचौकी नाकामा १६ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ भने ब्रह्मदेवका स्थानीय ६ जनामा समेत एन्टिजेन परिक्षण गरिएको छ । महाकाली अस्पतालमा बेड अभाव भएपछि संक्रमितहरु होम आइशोलेशनमा छन ।