धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको हो। बिद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भईसकेपछि आइतबारबाट सुरु हुने स्नातह तहको परीक्षा एक हप्तासम्म अनलाईनबाट सञ्चालन गरिने क्याम्पस प्रशासनले जनाएको छ।