महेन्द्रनगर : कञ्चनपुरमा भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ । कोरोना संक्रमित बढेपछि महाकाली अस्पतालमा कोरोना संक्रमितका बिरामीहरुलाई राख्नको लागि बेडको अभाव हुन थालेको छ ।
महाकाली अस्पतालमा रहेको ५० शैयाको आईसोलेसन अहिले ४७ जना बिरामीहरु रहेको महाकाली अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरी कुमार श्रेष्ठले संक्रमित थपिदै गएकाले आइशोलेशनमा बेड अभाव हुन थालेको बताए ।
बेड अभाव हुन थालेपछि स्वास्थ्य कार्यालयले महेन्द्रनगर स्थीत आइसिएचको भवनमा आइशोलेशन बनाउने तयारी गरिरहेको छ । कञ्चनपुरमा प्रत्येक दिन १० देखी १५ जना नयाँ संक्रमितहरु थपिन थालेका छन ।