माओवादीबाट एमाले प्रवेश गरेका अछाम क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित झपट बोहरालाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता भएको छ ।माओवादी केन्द्रले प्रदेश सभा सदस्य झपट बोहराको सदस्य पद् निलम्बन गर्नका लागि सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको हो ।सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि बोहराले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा माओवादी केन्द्रलाई त्यागेर नेकपा एमालेमा छन्