पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु समेत भएको छ ।पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो ।  यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।