महेन्द्रनगर । लागु औषध र मदिरा सेवनका कारण अपराधीक घटनाहरु बढ्दै गएको भन्दै सरोकारवालाहरुले लागु औषध र मदिरा नियन्त्रणका लागि ठोस कदम चाल्न आग्रह गरेका छन ।
बिहिबार गृहमन्त्रालयले महेन्द्रनगरमा आयोजना गरेको लागु औषध निषेध तथा मदिरा नियन्त्रण र अपराध न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायहरुले लागु औषध र मदिरा नियन्त्रणका लागि कडा कानुन निमार्ण गरी यथासिघ्र कार्यान्वयन गनुपर्नेमा बताएका हुन । पछिल्लो समय लागु औषध सेवतकर्ता बढेको र अपराधीक क्रियाकलापहरु समेत बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै लागु औषध नियन्त्रणका लागि सरकारी पक्षबाटै तत्काल पहल हुनुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमा प्रसाद चर्तुवेदीले जिल्लाको अवस्था बारे जानकारी गराउँदै लागु औषध नियन्त्रणका लागि नागरीक निगरानी आवश्यक रहेको बताए । कञ्चनपुरको २९.५ किमि क्षेत्र भारतसंग जोडिएको बताउँदै उनले लागु औषध सेवनका लागि भारतीय बजार जाने र फर्किदा लागु औषध बोकेर आउने गरेको बताए ।

“सिमावर्ती बजारबाट लागु औषध अत्यधिक मात्रामा आउने गरेको छ ।”प्रहरी प्रमुख चर्तुवेदीले भने–“समाजमा हुने अपराधीक घटना पनि लागु औषध सेवनबाटै हुने गरेका छन ।” जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा लागु औषध सेवनबाट अपराधीक घटना बढेको पाईन्छ । ५१ प्रतिशतले एकान्तमा गएर लागु औषध सेवन गर्ने गरेको पनि तथ्याङ्कले देखाएको छ । “यहाँको नागरीक समाज जागरुक हुनुपर्छ एकान्तमा बसेर लागु औषध सेवन गर्ने वातावरण समाजमा हुन दिनु भएन ।” उनले भने–“हामी सबै एकिकृत रुपमा आ–आफ्नो ठाउँबाट लागे लागु औषध नियन्त्रण गर्न सकिन्छ ।”
त्यसैगरी कार्यक्रममा सहभागी चन्द्रकला पन्तले आफ्नो संस्कृति मुल्य मान्यता र नैतीक शिक्षालाई आत्मसाथ गरे लागु औषध तथा अपराधजन्य क्रियाकलाप न्युनिकरण गर्न सकिने बताए । अर्का सहभागी हेल्प नेपालका अध्यक्ष मदन चन्दले अन्तरमनबाट लागे लागु औषध निषेध गर्न सकिने बताए ।

कार्यक्रममा सहभागी नागरीक समाजका सचिव कोमलनिराजन भाटले लागु औषध नियन्त्रणका लागि सिमाक्षेत्रमा थप निगरानी बढाउनुपर्ने बताए । त्यसैगरी कार्यक्रममा सहभागी विनय कर्णले नेपालमा कानुनको अभावका कारण लागु औषध र मदिरा खुलेआम बिक्रि वितरण भइरहेको बताए । “हाम्रो यहाँ विहानदेखी साझसम्म मदीरा बिक्रि वितरण हुन्छ छिमेकी मुलक भारतमा हेर्ने हो भने सिमित समयमा बिक्रि हुन्छ ।” उनले भने–“कानुन निमार्ण गरी कडाईका साथ लागुन गर्ने हो भने लागु औषध र मदिरा निषेध गर्न सकिन्छ ।”

कार्यक्रममा सहभागीहरुले समाज र राष्ट्रका लागि लागु औषध चुनौतीका रुपमा रहेको बताउँदै यसको नियन्त्रणका लागि सबैपक्षले आ–आफ्नो ठाउँबाट पहल गनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले लागु औषध नियन्त्रण एकल प्रयासबाट सम्भव नभएको बताउँदै यसको नियन्त्रणका लागि सबैपक्ष एकजुट हुनुपर्ने बताए । कार्यक्रमका अध्यक्ष एवंम प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले राष्ट्रसेवक कर्मचारीले कार्यालय अवधिमा लागु औषधवा मदिरा सेवन गरेको पाइए कडा कार्बाही गर्ने बताए । गृह मन्त्रालयका उप सचिव अर्जुन भण्डारीले राज्यस्तरबाट लागु औषध तथा मदिरा नियन्त्रणका लागि भरपुर प्रयास भइरहेको बताए ।