भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल गरिएको छ।बिहीबार बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो। पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ। उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो।बिहीबार बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ।