महेन्द्रनगर । पछिल्लो समयमा पार्टी प्यालेसमा छोराछोरीको विवाह गर्ने प्रचलन बढ्दै गएको छ । त्यसका लागि पनि महेन्द्रनगर बजार जानुपर्ने बाध्यता । २०७५ साल दशैमा देवसिंह भट्टको घरमा जुरेको आफन्तहरुको भेटघाटले पार्टी प्यालेस संञ्चानलन गर्ने योजना बन्यो ।
त्यही योजना अनुरुप कञ्चनपुरको बेदकोट नगरपालिका–७ भुडा स्थीत कञ्चन पार्टी प्यालेस सञ्चालनमा ल्याएका छन । पछिल्लो समय आधुनिकता बढेसंगै बजारको भीडभाड भन्दा शान्त वातावरणमा आधुनिक पार्टी प्यालेस सञ्चालन गर्ने भावना जागेपछि सुविधा सम्पन्न प्यालेस सञ्चालनमा ल्याएको भट्टले बताए । प्रताप रावल,चन्द्र विष्ट र देवसिंह भट्टको संयुक्त लगानीमा प्यलोस सञ्चालनमा आएको हो ।
पार्टी प्यालेसमा जमिन सहित ५ करोड लगानी भएको उनको भनाई छ ।‘लकडाउनले गर्दा तयार हुन बढी समय लाग्यो, ३ करोड अन्य भौतीक संरचनामा छ जमिन सहित ५ करोडको लगानी छ ।’ उनले भने– ‘हामीले आधुनिक सुविधा सम्पन्न पार्टी प्यालेस सञ्चालनमा ल्याएका छौ,यहाँ विवाह, समारोह, वर्थडे पार्टी, वैवाहिक वर्षगाँठ यहि मनाउन सकिन्छ ।’

प्यालेसमा टाढाबाट आउनेहरुका लागि सुविधा सम्पन्न कोठा छन । ३ सय जनाका दरले मानिस अट्न सक्ने हल छ । साढे सात कठ्ठा जमिन मध्ये आधा भागमा होटल तथा पार्टी प्यालेसको भवन, पार्किङ र खाली ठाउँ छोडिएको छ । ‘पछि थप सेवा सुविधा थप्दै जाने सोचले अघि बढेका छौं ।’ उनले भने– ‘यहाँ आएका पाहुनालाई निराश भएर फर्कन दिँदैनौं ।’
बजारको भीडभाड भन्दा शान्त ठाउँमा बिबाह जस्ता कार्यक्रम सम्पन्न गर्न सकिने उनको भनाई छ । महेन्द्रनगर बजारदेखी ४ किमिको दुरीमा रहेको प्यालेसको उत्तरतर्फ देखिने पहाडको सुन्दर दृष्य र गाउँको सौन्र्दयमा मानिस रमाउन सक्ने सञ्चालक भट्टले बताए । बैशाख १ गतेदेखी सेवा सञ्चालन गर्ने गरि आवश्यक बन्दोबस्त मिलाईसकिएको छ ।