काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निष्कर्षमा पुगेको हो ।

यद्यपी, सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका नयाँ मापदण्ड भने जारी गर्ने भएको छ । बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । उपप्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले आज सरकारका तर्फबाट मंगलबार सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने उनले बताए ।

सीसीएमसीले विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको भए पनि आजै सरोकारवालाहरुसँगको छलफलमा निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्न नहुने बताएका थिए।