महेन्द्रनगर । जगदम्वा मोटर्सले ल्याएको नयां मोडलको टिभिएस किङ्ग डिलक्स प्लस नामक तीन पाङ्ग्रे अटो महेन्द्रनगरमा सार्वजनिक गरिएको छ । टिभिएसको आधिकारीक बिक्र्रेता केजिएस ट्रेड लिङ्क प्रा.ली ले सोमबार महेन्द्रनगरमा एक कार्यक्रमका बिच नयां मोडलको अटो सार्वजनिक गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरका प्रमुख केशवराज भट्ट र केजिएस ट्रेड लिङ्क प्रा.ली का प्रबन्ध निर्देशक शुसिल पाण्डेयले अटो अनावरण गरेका हुन । सार्वजनिकीकरण कार्यक्रममा जगदम्वा मोटर्सका मार्केटिङ हेड नवराज घिमिरेले अटोको विशेषताबारे जानकारी गराउदै अटो सुरक्षित,आरामदायी र अरु भन्दा दोब्बर टिकाउ रहेको बताए । त्यसैगरी कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशवराज भट्टले पछिल्लो समय अटो यातायातका साधनमा सबैको पहुँच र लोकप्रिय भएको बताए । उनले अटो सुरक्षित भएपनि चालकले सावधानी अपनाउनु पर्नेमा जोड दिए ।

केजिएस ट्रेड लिङ्क प्रा.ली का प्रबन्ध निर्देशक शुसिल पाण्डेयले आफुहरुले व्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिरहेको बताउँदै अटोबाट धेरैले रोजगारी पाएको बताए । कम्पनीले जेष्ठ अटो खरिदकर्तालाई प्रेम धामीलाई सम्मान समेत गरेको थियो । अनावरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशवराज भट्ट, जगदम्वा मोटर्सका मार्केटिङ हेड नवराज घिमिरे, एसबिआइ बैकं महेन्द्रनगर शाखाका प्रमुख किशोर रिजाल र अटो चालकहरुको सहभागीता रहेको थियो ।