32.9 C
Mahendranagar

लागु औषध विरुद्ध सचेतना कार्यक्रम

  • 233
    Shares

कञ्चनपुरमा लागु औषध विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नार्कोनन् नेपाल बिचको सहकार्यमा लागु औषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।  हर प्रहर गाउँ नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सुरु गरिएको कार्यक्रममा मुख्य रुपमा लागुऔषधको प्रयोगको विषयमा छलफल गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार समुदाय प्रहरी साझेदारी शान्तीपूर्ण एवम् सुरक्षित समाजका लागि भन्ने कार्यक्रम मार्फत लागु औषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीका अनुसार सामाजिक विकृति विरुद्ध हुने अपराध न्युनिकरण गर्नको लागि प्रहरीले लागु औषध विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो ।  लागु औषध विरुद्ध सचेतनामुलक कार्यक्रम विशेष गरी महिलालाई केन्द्रित गरेर गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानियका जनप्रतिनिधि, शिक्षिका, महिला पत्रकार, विद्याथी छात्रा, महिला प्रहरी लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाका महिलाहरुको उपस्थिती रहेको थियो ।  प्रहरी प्रमुख चर्तुवेदीले महिला क्षेत्रलाई शारिरीक रुपमा आत्मरक्षक बनाउन पनि जनचेतामुलक कार्यक्रम गरिएको बताए ।

उनले सचेतना कार्यक्रम मार्फत समाजमा लागुऔषध सेवनका कारण महिला माथी हुने यौनजन्य क्रियाकलाप, महिला हिंसा, लैङ्गिक हिंसा लगायत घरेलु हिंसामा जस्ता विभिन्न खाले क्रियाकलापलाई न्युनिकरण गर्नको लागि पनि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताए। “समाजमा अपराधिक गतिविधि गर्ने मानिसको विकास भएको अवस्था छ, सामान्य रुपमा भन्ने हो भने पनि महिला क्षेत्र निकै असुरक्षित रहेको अवस्था छ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख चर्तुवेदीले भने, समाजिक अपराध नियन्त्रण गर्न सरकारले पनि चिन्ता गर्ने समय भएको छ, प्रहरीले मात्रै अपराधिक गतिविधि नियन्त्रण गरेपनि लागुऔषध दुव्र्यसनीले गर्दा समस्या सामाधान हुन निकै कठिन भएको अवस्था छ ।” जिल्ला प्रहरी कार्यालयले लागु औषध विरुद्ध सचेतना कार्यक्रम सँगै थप अरु कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । जिल्ला स्थरमै सामाजिक कुरिती फैलाउने तथा अपराध बढाउने कार्य विरुद्ध प्रहरीले जिल्ला स्थरमै विभिन्न कार्यक्रम गर्ने सोच बनाएको उनले बताए । प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय लागुऔषध दुव्यर्सनीको जोखिम बढ्दै गएको छ । लागुऔषधको सहज ओसार पसारका कारणले समाजमा अपराध पनि बढ्दै गएको अवस्था छ । लागुऔषध दुव्र्यसनी जिल्लामा मात्रै नभएर अन्य जिल्लामा पनि यस्तो समस्या रहेको भन्दै प्रहरी प्रमुख एसपीले न्युनिकरणमा सरोकारवाला सबैले लाग्नु पर्ने आवश्यक रहेको बताए ।

लागुऔषधले दुर्घटना समेत निम्ताउने भएकोले समाजिक गहिराईमा केन्द्रित रहेर लागुऔषध दुव्र्यसन विरुद्ध कार्यक्रम सञ्चालन गनुपर्ने एसपी चर्तुवेदीको भनाई छ । “लागुऔषधमा संलग्न हुन नदिन तथा लागुऔषधको दुवर्यसनीमा कमी ल्याउन प्रहरीले विभिन्न कार्यक्रम गरिरहेको छ ।, प्रहरीले लागुऔषध दुव्र्यसनकै विरुद्ध पनि जिल्ला व्यापी अधियान सुरु गरेको अवस्था छ ।” उनले भने, ।यसैगरी नार्कोनन् नेपालकी अध्यक्ष पुजा कुवँरले भने लागुऔषध दुव्र्यसन विरुद्ध प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षण दिने क्रममा अध्यक्ष कुँवरले लागुऔषधले गर्दा विभिन्न हिंसा बढेको बताइन् । लागुऔषधको सेवनले गर्दा प्रत्येक घर परिवारमा महिला पिडित हुने भन्दै लागुऔषधलाई नै सामाजिक अपराधको मुख्य रुपमा लिनुपर्ने उनको भनाई थियो ।

सोही सचेतना मुलक कार्यक्रम पश्चात कार्यक्रममा सहभागी छात्रा इन्दु पन्तले लागुऔषधले गर्दा समाजमा अपराध बढेको जानकारी पाएको बताइन् । उनले महिलाहरु माथी हुने हिंसाको मुख्य कारक नै लागुऔषध भएको र लागुऔषधलाई विद्यालय स्थर देखि क्रमिक रुपमा सुधार गर्दै जानुपर्ने छात्रा पन्तको भनाई छ । लागुऔषध विरुद्धको कार्यक्रम लाई आगामी दिनमा शैक्षिक संस्थाहरुमा गएर लागु गरेपछि लागुऔषध दुव्र्यसनीमा कमी आउने छात्राको विश्वास छ ।

  • 233
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...