32.9 C
Mahendranagar

कञ्चनपुरमा लोकतान्त्रिक आन्दोलनका योद्धाहरुको अभिलेखीकरण सुरु

  • 72
    Shares

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लोकतान्त्रकका लागि भएका आन्दोलनका योद्धाहरुको अभिलेखीकरण गर्ने कार्य सुरु गरिएको छ।

गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार कार्यालयले लोकतान्त्रकका लागि भएका सबै आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिद परिवार, लोकतान्त्रिक योद्धा, द्वन्द्वपीडित, विस्थापित, अपाङ्गता भएका, घाइतेको अभिलेखीकरण गर्न सुरु गरिएको हो। स्थानीय शान्ति समितिले तयार गरेको विवरण, २०६२/६३ को ऐतिहासिक लोकतान्त्रिक आन्दोलनका सहिद तथा घाइतेबारे अभिलेख तयार गर्न गठित समितिको प्रतिवेदन र २०४६ को आन्दोलनपछि गठित राजनीतिकपीडित समितिले तयार गरेको प्रतिवेदनमा नाम छुट भएका व्यक्तिहरुको अभिलेखीकरण भैरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले बताए। सूचना प्रकाशन भएको सात दिनभित्र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको दुई फोटोसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन दिनु पर्नेछ।

  • 72
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...