दार्चुला । मालिकार्जुन गाउँपालिकाले बालविवाह न्युनिकरणका लागी रणनितिक योजना तयार गरेको छ । गाउँपालिकालाई २०८० सम्ममा बालबिबाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना अनुसार गुड नेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहकार्यमा बालविवाह अन्त्यका लागी स्थानिय रणनिति २०७६ तयार गरी कायर्यान्वयनमा जोड दिएको छ ।

स्थानिय तहमा बाल बिवाह अन्त्य गर्ने र बालबिबाहको कारणबाट बिभिन्न जोखिम र हिंसामा परेका विवाहित र अविवाहित बालबालिका र किशोरकिशोरीहरुलाई आफ्नो पुर्ण क्षमताको प्राप्ती र उपयोगका लागी सक्षम बनाई जिवनमा सकारात्मक परिवर्तन ल्याउनका साथै देश विकासमा उनिहरुको समान सहभागीतालाई सुनिश्चीत गर्न रणनितिक योजनाको बनाएको हो । मालिकार्जुन गाउँपालिकालाई २०८० सम्ममा बालबिबाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । सामुदायिक गा्रमिण विकास समाजको सहकार्यमा बालबिबाह न्युनिकरणका लागी समुदाय तथा विद्यालयहरुमा विभिन्न समितिहरु बनाएर कार्यक्रम संचालन छ । यहाँका १८ वटा विद्यालयमा बालक्लब पुनर्गठन तथा स्टेस्नरी सामग्री सहयोग तथा किशोरी समुह गठन गरी अभिमुखिकरण सम्पन्न भएको छ भने विद्यालयमा बालसंरक्षण समिति गठन र समुदायस्तरमा विभिन्न १८ वटा क्लस्टरमा निगरानि समुह पनि गठन गरिएको छ ।
साथै बालविवाह सम्बन्धी रेडियो मार्फत जनचेतनामुलक सन्देश र कार्यक्रम समेत प्रसारण गरिएको छ । गाउँपालिकाले वडा तथा गाउँपालिका स्तरमा बाल संरक्षण समिति गठन गरि कार्यक्रम संचालन गरिरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा बाल संरक्षण समिति रहेको छ । गाउँपालिकाले सामुदायिक ग्रामिण विकास संग सहकार्य गरि विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाको गत ११ गते बसेको गाउँपालिकास्तरीय बाल संरक्षण समितिको बैठकले दुई वटा माध्यमिक विद्यालयलाई २०७८ आसार महिना सम्म्ममा वालविवाह मुक्त विद्यालय घोषणा गर्नका लागी बिद्यालयहरुलाई पत्राचार गरेको छ भने गाउँपालिकास्तरीय बालसंरक्षण समितिमा भएका निर्णयहरु प्रत्येक वडा कार्यालय तथा विद्यालयहरुलाई जानकारी गराउने र मालिकार्जुन गाउँपालिकाको लेटरहेडमा मालिकार्जुनको शानः बालविवाह मुक्त अभियान नामक नारा छपाउन कार्यपालिकालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।