32.9 C
Mahendranagar

सुदूरपश्चिम प्रदेशमा माओवादीको सरकार ढालेर एमालेको बनाउने गृहकार्य

  • 200
    Shares

धनगढी : सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार ढालेर एमालेको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु भएको छ । एमालेले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएर पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री बनाउने गृहकार्य थालेको हो ।

साविक माओवादी केन्द्रका नेता लेखराज भट्टको प्रस्तावमा मुख्यमन्त्री भट्टलाई एमालेले समर्थन गरेको थियो । अहिले एमालेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज रहेका लेखराजले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने बताइसकेका छन् । एमाले–माओवादी एकता भंग भएसँगै भट्ट नेतृत्वको सरकार अल्पमतमा परेको छ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र जसपाका २ जना सांसद छन् ।

प्रदेश सरकार सञ्चालनको लागि २७ जना सांसद आवश्यक पर्छ । एमालेले कुनै एक पार्टीसँग सहकार्य गरेर नयाँ सरकार गठन गर्न सक्ने भएको हुँदा अहिलेको सरकारविरुद्ध दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको एमाले कैलाली अध्यक्ष रतन थापाले बताए । ‘केन्द्रमा माओवादीले समर्थन फिर्ता नलिएकाले यहाँ पनि हामीले फिर्ता नलिएका हौँ’ उनले भने ‘केन्द्रमा फिर्ता लिएकै दिन यहाँको सरकार ढल्छ ।’ प्रदेशसभामा एमालेमा ७ जना समानुपातिक सांसद छन् । तीमध्ये ६ जना माधवकुमार नेपाल पक्षमा छन् भने १ जना ओली पक्षमा छन् । समानुपातिक सांसदलाई हटाएर भए पनि सरकार गठन गर्ने एमालेको तयारी छ ।

  • 200
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...