32.9 C
Mahendranagar

सुदूरपश्चिममा हाेलीकाे राैनक सुरू

  • 194
    Shares

महेन्द्रनगर : सुदूरपश्चिममा कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा पाँच दिनसम्म होली मनाइने गरिएको छ ।

पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिमको रुपालमा भने फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन होली मनाउने गरिन्छ । पछिल्लो समय बसाईसराईका कारण कञ्चनपुरमा पनि रुपाली होलीको रौनक बढेको छ । पहिले सुदूरपश्चिमको डडेल्धुराको रुपालमा मात्र खेलिने रुपाली होली आजकाल तराईका जिल्लाहरूमा पनि खेल्न थालिएको छ । बसाईसराईका कारण रुपाली होली कैलाली तथा कञ्चनपुरमा पनि भव्य रूपमा मनाउन थालिएको छ ।

परम्परागत रूपमा फागुन शुक्ल अष्टमीका दिनबाट हलहली अर्थात चिर (लिङ्गो) गाड्ने गरिन्छ भने एकादशीका दिन त्यसमा रंग (अविर) चढाएपछि मात्रै रुपाली होली खेल्न सुरु गरिन्छ । होली खेल्दा यस समुदायका पुरुषहरू सेतो कपडामा सजिएर सामुहिक रूमा रङ खेल्छन् । खुसीयाली र उमंग मनाउन खेलिने होली पर्वमा रुपाली समुदायले महाभारत, रामायण लगायत धार्मिक ग्रन्थमा आधारित कथाहरू गाउँदै होली मनाउने गरेको भिमदत्त नगरपालिका १८ का स्थानीय भाष्करदत्त जोशी बताउनुहुन्छ ।

होली पर्वको सबैभन्दा ठूलो दिन फागु पूर्णिमामा रुपालीहरू एकअर्काको घरमा गएर होलीको टीका लगाउँदै आशिर्वाद आदानप्रदान गर्ने गर्दछन् । साथै अष्टमीका दिन गाडिएको चिरलाई फागु पूर्णिमाको राति जलाएर प्रसादस्वरूप त्यसको खरानीको टीका लगाउने प्रचलन छ । होलीलाई विजय उत्सवका रूपमा मनाउने गरिएको भीमदत्त नगरपालिकाका स्थानीय कृष्णराज कलौनीको अनुभव छ । होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाउने गरिन्छ । घरको सबै काम सकेर महिलाहरू पनि होलीमा सहभागी हुने गर्दछ् भने एक आपसमा गीत गाएर रमाइलो गर्ने चलन छ ।

  • 194
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...