महेन्द्रनगर : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो सहित जिल्ला विपद व्यवस्थापन समितिको टोलीले गड्डाचौकी नाकाको स्थलगत निरीक्षण गरेका छन ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र भइरहेका बेला भारतबाट नेपाल आउनेहरुमा कोरोना संक्रमण देखिन थालेपछि सिमा नाकाको अवस्था बुझ्न टोली नाकामा गएको हो ।
निरीक्षणमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी,शसस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऎर,स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार,भगतपुर ब्यारेकका गुल्मपती प्रतिक सिह कार्कि लगायतलेे नाााकामा रहेको हेल्थ पोष्टको अवस्था चेकजाँच र नाकाको अवस्था बारे जानाकरी लिएका थिए ।त्यसैगरी स्वास्थ्य कार्यालयले भारतबाट फर्किनेहरु लाई मास्क समेत वितरण गरेको छ ।

भारतबाट आउन लागेका नेपाली नागरीकलाई मास्क वितरण गर्दै स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड –१९ फोकल पर्सन सिद्धराज भट्ट

स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भारतबाट फर्केका हरुलाई कोरोना,मलेरीया लगायतका रोगहरुबाट सुरक्षित गर्न सकिन्छ त्यसको व्यवस्थापनको पाटो निरीक्षण गर्न नाकामा पुगेको बताए ।“कोहि व्याक्ति आएर घरसम्म पुग्नको लागि मास्क अनिवार्य प्रयोग गर्ने भन्ने उदेश्यका साथ हामीले मास्क समेत वितरण गरेका छौ ।” प्रमुख सुनारले भने –“मास्क प्रयोग गर्दा आफु पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउछ ।” जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उमा प्रसाद चर्तुवेदीले नाकाहरुमा प्रहरीले सक्रियता बढाएको बताए ।