महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो । वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएका थिए । वडाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिवसहितका ७ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।