32.9 C
Mahendranagar

देश गलत दिशामा गइरहेको ४४.३ प्रतिशतको मत

  • 38
    Shares

काठमाडौं : ४६ दशमलव ९ प्रतिशतले प्रधानमन्त्रीको कुरा नपत्याउने एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये झन्डै आधा मानिसहरूले प्रधानमन्त्रीको कुरा नपत्याएको बताएको सेयरकास्ट नामक संस्थाले गरेको सर्वेक्षणले देखाएको हो ।

 वैचारिक मत सर्वेक्षणमा सहभागी पाँच हजार ८२ मध्ये ४६.९ प्रतिशतले प्रधानमन्त्रीको कुरा नपत्याउने उल्लेख छ । मात्रै ११.३ प्रतिशतले मात्रै प्रधानमन्त्रीको कुरा पत्याउने गरेको तथ्यांकले देखाएको छ । ३६ दशमलव २ प्रतिशतले थोरै मात्रै विश्वास हुने गरेको आफ्‍नो मत दिएका छन् । तुलनात्मक रुपमा सबैभन्दा बढी न्यायाधिश/वकिल र पत्रकारको कुरामा विश्वास हुने गरेको सर्वेक्षण नतिजामा उल्‍लेख छ । न्यायाधिश तथा वकिलको कुरामा थोरै भए पनि विश्वास गर्ने ३७.८ प्रतिशत छन् । नपत्याउने २१.५ प्रतिशत छन् । विश्वास गर्नेको संख्या भने २७.५ प्रतिशत छ ।

थोरै भए पनि विश्वास पत्रकारमाथि बढी देखिएको छ । ५०.५ प्रतिशतले पत्रकारमाथि थोरै विश्वास रहेको मत व्यक्त गरेका छन् । ३२.३ प्रतिशतले त पत्रकारका कुरा पत्याउने मत दिएका छन् । १३.६ प्रतिशतले पत्रकारको कुरा नपत्याउने उल्लेख छ ।करिब ४६.१ प्रतिशतले सांसदका कुरा पत्याउने गरेका छैनन् । सबैभन्दा कम विश्वास सांसदमाथि देखिएको छ । ६.४ प्रतिशतले मात्रै सांसदका कुरा पत्याउनेगरेकव मत दिएका छन् ।

गलत दिशातर्फ मुलुक

सर्वेक्षणमा सहभागीमध्ये अधिकांशलाई अहिले मुलुक राजनीतिक हिसाबले गलत दिशातिर गइरहेको मत दिएका छन् । ४४.३ प्रतिशतले देश गलत दिशामा गइरहेको बताएका छन् । २१.९ प्रतिशतले मात्र देश सही दिशामा गइरहेको मत दिएका छन् ।

उनीहरूले राजनीतिक दलहरूबीचको द्वन्द्वलाई मुख्य कारणका रुपमा औँल्याएका  छन् । राजनीतिक अस्थिरता, कमजोर नेतृत्व, भ्रष्टाचार तथा गलत नीतिहरू रहेको सर्वेक्षणमा उल्लेख छ । वैचारिक मत सर्वेक्षणमा सहभागीहरूलाई देशमा लोकतन्त्र वा गणतन्त्रलाई बलियो बनाउनका लागि सबैभन्दा भरपर्दो राजनीतिक दल कुन होला भनेर पनि सोधिएको थियो । आधा सहभागीले जवाफै दिएका छैनन् । करिब १३.४ प्रतिशतले नेपाली कांग्रेसको नाम लिएका छन् । दोस्रो स्थानमा केपी ओली नेतृत्वको नेकपा ९.६ प्रतिशत छ । तेस्रोमा तत्कालीन माधव-प्रचण्ड नेतृत्वको नेकपा ४.१ प्रतिशत देखिएको छ। वैकल्पिक राजनीति अँगालेको बताउने साझा विवेकशीलको नाम ०.२ प्रतिशत सहभागीले लिएका मत सर्वेक्षणको नतिजाले देखाएको छ।

गत फागुन ९ देखि २३ गतेसम्म सेयरकास्ट नेपालले देशभरका विभिन्न ५०८२ परिवारमा गरिएको टेलिफोन कुराकानीमा आधारित छ । सातै प्रदेशका १६ वर्षभन्दा माथि उमेरका मानिसहरूलाई मत सर्वेक्षणमा समेटिएको उल्लेख छ ।

  • 38
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...