26.8 C
Mahendranagar

सार्वजनिक यातायातमा कडाइ : मास्क नलगाउनेलाई कारबाही

  • 203
    Shares

कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको बताए । सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रुहरू राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए ।

कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

  • 203
    Shares

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...