26.8 C
Mahendranagar

बझाङका भूगोलविद्को नाममा अमेरिकी विश्वविद्यालयमा कार्यालय

  • 100
    Shares

बझाङ : बझाङको दुर्गम गाउँमा जन्मिएर अमेरिकामा बसोबास गर्दै आएका भूगोलविद् तुलसीराम जोशी र उनकी पत्नी मर्लिनको सम्मानमा त्यहाँस्थित फेयरमोन्ट राज्य विश्वविद्यालयले उनीहरूकै नाममा कार्यालय स्थापना गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शैक्षिक केन्द्रका रूपमा स्थापित कार्यालयलाई ‘तुलसी र मार्लिन जोशी’ नाम दिइएको फेयरमोन्ट राज्य विश्वविद्यालय र फेयरमोन्ट राज्य कोषद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । जोशी दम्पतीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सघाउन आर्थिक सहयोग गरेबापत उक्त सम्मान दिइएको विश्वविद्यालयले जनाएको छ ।

जोशी परिवारको सहयोगले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न सघाउ पुग्ने विश्वविद्यालयकी अध्यक्ष मिर्टा एम मार्टिनले बताएकी छन् । ‘तुलसी र मर्लिनले क्याम्पसमा अन्तर्राष्ट्रिय विद्यार्थीको उपस्थिति हुनु कत्तिको महत्त्वपूर्ण हो भनेर बुझ्दछन्,’ उनले भनिन्, ‘फेयरमोन्ट राज्य युनिभर्सिटीमा आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हाम्रो फाल्कन परिवार र हेरचाह गर्ने संकायबाट फाइदा लिनेछन् ।’

न्यून आयस्रोत भएका मुलुकका विद्यार्थीले पनि विश्वव्यापी प्रतिस्पर्धा गर्न सकून् भनेर आफूहरूले सहयोग गरेको जोशीले बताए । ‘हाम्रो सहयोगलाई हाम्रै नामबाट विश्वविद्यालयले सम्मानित गरेकोमा धेरै खुसी लागेको छ,’ उनले भने । जोशी बझाङको छबिसपाथीभेरा गाउँपालिका ४ ब्यासीको तामाखानीमा जन्मिएका हुन् । उनी २०१३ सालमा बझाङकै सत्यवादी स्कुलबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न अमेरिका गएका थिए । त्यसपछि उनले अमेरिकाकै विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका छन् । यसअघि उनले अमेरिकी राष्ट्रपतिबाट प्रेसिडेन्ट भोलेन्टियर पदक र स्टेट गभर्नमेन्ट पदकसमेत पाइसकेका छन् । कान्तिपुरबाट

  • 100
    Shares

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...