32.9 C
Mahendranagar

बिग्रेको एम्बुलेन्समा बिरामी बोक्दै महाकाली अस्पताल,दुर्घटना भए जिम्मेवार को ?

  • 294
    Shares

महेन्द्रनगर । महाकाली अस्पतालले बिग्रेको एम्बुलेन्समा बिरामी बोक्ने गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अत्याधुनिक भन्दै महाकाली अस्पताललाई दिएको एम्बुलेन्स काम नलाग्ने भएको छ ।
ब्रिगेको एम्बुलेन्स मर्मतका लागि धनगढी लगिएको थियो । ग्यारेजमा एम्बुलेन्स पुरानो भएकाले पूर्ण रुपमा मर्मत हुन नसक्ने भन्र्दै फिर्ता पठाइएको हो । महाकाली अस्पताल स्रोतका अनुसार एम्बुलेन्सको अवस्था नाजुक छ ब्रेक समेत लाग्दैन । “२०÷२५ भन्दा माथीको स्पीडमा एम्बुलेन्स चलाउन सकिदैन ।” स्रोतले भन्यो –“एम्बुलेन्समा ब्रेक छैन, ब्रेक नहुँदा रिस्क लिएर चलाउनु परेको छ ।” एम्बुलेन्स मर्मतका लागि दुई महिना धनगढी ग्यारेजमा राखिएको थियो । प्रदेश सरकारबाट प्राप्त सुदूरपश्चिम प्रदेश ०१००१ झ ३५८ नम्बरको एम्बुलेन्समा कोरोना संक्रमित बिरामीहरुलाई बोक्ने गरिएको छ ।
पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढेपछि भारतबाट स्वदेश फर्किनेहरुको क्रम समेत बढेको छ । उक्त बिग्रेको एम्बुलेन्स दैनिक गड्डाचौकी नाकाबाट संक्रमितहरुलाई ओर्सान प्रयोग गर्ने गरिएको छ ।
महाकाली अस्पतालका मेडिकल सुपरिडेन्टेन डा.हरि कुमार श्रेष्ठले एम्बुलेन्समा ब्रेक काम नगर्ने स्वीकार गरे । उनले एम्बुलेन्स मर्मतका लागि धनगढी स्थीत टाटाको स्वरोममा लगिएको भएपनि एम्बुलेन्सको पाटपुर्जा नपाइने भन्र्दै मर्मत गर्न नसकिएको बताए । “टाढा जान मिल्दैन हामीले विस्तारै नजिकै ५÷७ किलोमिटरसम्म चलाउने गरेका छौ ।” श्रेष्ठले भने–“एम्बmुेन्सको सामान नपाउने भएकाले मर्मत गर्न सकिएन ।” उनले अस्पतालसंग एक वटा अर्को एम्बुलेन्स भएको बताउँदै उक्त बिग्रेको एम्बुलेन्स मर्मतका लागि प्रदेश सरकारलाई पत्र पठाएको बताए ।

अत्याधुनिक एम्बुलेन्स भन्दै पुराना मिनि ट्रक बाडियो
सुदूरपश्चिम प्रदेश सरकारले अत्याधुनिक एम्बुलेन्स भन्दै काम नलाग्ने र थन्किएका पुरानो मोडेलका मिनि ट्रकलाई सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताललाई बाडेको थियो । ४०७÷०३१–४ २१२१ मोडेलका ट्रक हाल प्रयोगमै छैन । उत्पादन कम्पनी टाटाले यो ट्रक उत्पादन र बिक्री वितरणसमेत बन्द गरिसकेको छ । यसका पाटपुर्जा समेत बजारमा पाइन छोडिसकेका छन । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले काम नलाग्ने ट्रकलाई एम्बुलेन्स बनाएर बाँडेको हो । एम्बुलेन्स प्रकरणमा सुदूरपश्चिम सरकारले करोडौ रुपया अनियमितता गरेको भन्दै यसअघि चर्को आलोचना भएको थियो ।

  • 294
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...