काठमाडौं । नेकपा एमाले संसदीय दलका उप नेता सुवास नेम्वाङले नेता रेमश चौधरी जेलमाबाट रिहाइ हुने दाबी गर्नु भएको छ ।।

नेता नेम्वाङले कानुनी रुपमै चौधरी रिहाइ हुने दाबी समेत गर्नु भएको हो । सरकार निमार्णका लागि सबै दलसँग छलफल भइरहेपनि जसपाका मागका बारेमा छलफल भइरहेको र सकारात्मक छलफल भइरहेको उपनेता नेम्वाङले बताउनुभयो । सरकार निमार्णमा विषयमा भने सबै दल कांग्रेस लगायत अन्य दलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । सरकार धरमराई रहेको अवस्थामा नरहेको दावी गदै नेम्वाङले भन्नुभयो ‘हामी संविधान बमोजिम अगाडी बढ्छौ ।’ अर्को प्रसंगमा नेता नेम्वाङले एमालेलाई एकढिक्का र एक जुट बनाउनको लागि हामी सबै एक भएर लाग्नुपर्ने बताउनु भयो । माधब कुमार नेपालसहित पार्टीलाई मिलाएर लैजान हामी सबै भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।