महेन्द्रनगर । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षिय राष्ट्रिय युवा संघ नेपालको भेला महेन्द्रनगरमा हुन लागेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र भइरहेका बेला कञ्चनपुरमा पनि सर्तकता अपनाउन भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भेला,पर्व,जुलुस र भीडभाड गर्न नपाइने भन्दै आदेश जारी गरको थियो । उक्त आदेश जारी गर्ने कञ्चनपुरका सिडिओ राम कुमार महतोकै संरक्षणमा ओली पक्षिय युवा संघको भेला महेन्द्रनगर स्थीत स्मारकमा हुन लागेको छ ।


सर्वसाधारण जनताका लागि सामुहिक रुपमा होली पर्व खेल्न समेत रोक लगाएका सिडिओले युवासंघलाई भेला गर्न दिएका हुन । स्रोतका अनुसार सिडिओले खुला ठाउँमा भेला गर्दा आलोचन हुने भन्दै बन्द कोठामा भेला गर्न भनेका थिए । तर युवासंघले महेन्द्रनगर स्थीत स्मारकमा भेलाको आयोजना गरेको छ । उता जिल्ला प्रहरी कार्यालयले भने सिडिओको आदेश बिना केही गर्न नसक्ने जनाएको । यसविषयमा जानकारी लिन प्रकुख जिल्ला अधिकारी राम कुमार महतो र सहायक प्रमुख जिल्ला अधिकारीलाई पटकपटक फोन गर्दा उहाँहरु दुवैजनाको फोन रिसिभ हुन सकेन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सुचना अधिकारी कृष्णानन्द जोशीले भने कार्यक्रम बारे आफुलाई कुनै जानकारी नभएको बताए ।

यस्तो थियो प्रशासनको आदेश