काठमाडौं : राहदानी विभागले राहदानीको म्याद सकिन लागेको भए पनि तत्काल नवीकरण नगर्न नगराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीका म्याद सकिन लागेको भन्दै नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय र राहदानी विभाग धाइरहेका बेला विभागले यस्ताे परिपत्र गरेको हो ।

चालक अनुमति पत्र जस्तै म्याद नसकिदै राहदानी नवीकरण गर्नु नपर्ने, रादानी नवीकरण नभइ नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको जुनसुकै बखत बनाउने सकिने भएकाले तत्काल नविकरण गर्न जरुरी नभएको विभागका जनाएको छ । । विभागले यस्तो परिपत्र गरेलगत्तै कतिपय जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै राहदानी नवीकरण नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो जानकारी गराइसकेकाे छ ।