महेन्द्रनगर : गत वर्र्ष कोरोना महामारीका बीच खोलिएका क्वारेण्टीन र आइसोलेशन अहिले बन्द अवस्थामा छन ।
गत कात्तिकमा सरकारले विद्यालयहरुमा बनाइएका क्वारेण्टीन खाली गरी पठनपाठन सुरु गर्न निर्देशन दिएसँगै स्थानीयतहहरुले सञ्चालन गरेका क्वारेण्टीन बन्द भएका छन । छिमेकी मुलक भारतमा कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरिरहदा रोजगारकिो लागि भारतमा रहेका नेपाली नागरिहरु स्वदेश फर्किन थालेका छन ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किएका तीन जनामा एन्टिजेन पोजेटिभ देखिसकेको छ । गत वर्ष संक्रमितहरु होम आइसोलेशन र महाकाली प्रादेशिक अस्पतालको आइसोलेशनमा बस्ने व्यवस्था मिलाइएको थियो । तर केही महिनायता कञ्चनपुरमा कोरोना संक्रमणको दर शून्य भएपछि महाकाली अस्पतालको आइसोलेशनसमेत बन्द अवस्थामा थियो ।

मङ्गलबार मात्रै महाराष्टबाट फर्किएका कञ्चनपुरको पुर्नवासका एक पुरुषमा एन्टिजेन पोजेटिभ देखिएपछि महाकाली अस्पतालको आइशोलेशनमा राखिएको हो । त्यसअघि पोजेटिभ देखिएका दुईजनालाई महाकाली अस्पतालको आइसोलेशन बन्द हुँदा घर पठाइएको थियो ।
केही समय संक्रमित नरहेकाले आइसोलशन बन्द गरिएको भएपनि संक्रमितहरु आउने बितिकै सञ्चालनमा आउने महाकाली अस्पतालका सुचना अधिकारी नारद भट्टले बताए । “बीचमा कोरोनाको बिरामी नभएकाले आइसोलेशनलाई बन्द थियो ।” उनले भने–“ आइशोलेसन तयार भइसकेको छ अब त्यस्तो केस आए समस्या हुदैन ।” अहिले महाकाली अस्पतालमा एक जना एन्टिजेन पोजेटिभलाई राखिएको छ । महाकाली अस्पताल स्रोतका अनुसार यसअघि कोरोना संक्रमित नहुँदा आइशोलेशनलाई कोदाम कक्षका रुपमा सञ्चालन गरेको बताए ।

उनले (बुधबार) अस्पतालमा बैठक बसेर आइसोलेशन कक्ष तुरुन्त खालि गर्ने निर्णय समेत गरेको छ । स्वास्थ्य कार्यालयले नाकामा सजगता अपनाए पनि अन्य व्यवस्थापन भने फितलो देखिँदा नेपालमा संक्रमण भित्रिन सक्ने जोखिम बढेको छ । कोरोना बिरामी बोक्ने महाकाली अस्पतालको एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । यसअघि कञ्चनपुरका नौ वटै स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रका विद्यालयमा क्वारेन्टाइन र आइसोलेशन सञ्चालन गरेका थिए ।


दुई दिनअघि मात्रै गड्डाचौकी नाकाबाट भित्रिएका प्युठान, बझाङ र बैतडीका गरी तीन जनाको पनि एन्टिजेन रिपोर्ट पोजेटिभ देखियो । उनीहरुमध्ये बैतडीका एक जना महेन्द्रनगरमा मामाको घरमा आइसोलेशनमा बसे । अन्य दुई जना भने क्वरेण्टीन र आइसोलेशनको अभावमा सार्वजनिक गाडी चढेर घर (प्युठान र बझाङ) गएका थिए । संक्रमित व्यक्तिहरुलाई राख्न क्वरेण्टीन तथा आइसोलेशन र त्यहाँसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्थापन नहुँदा समस्या देखिएको स्वास्थ्यकर्मीहरुको भनाई छ । कोरोना संक्रमणकोे दर बढेका बेला व्यवस्थापनको सबै काम राम्रो भए पनि अहिले संक्रमण दर घटेसँगै त्यसमा ध्यान नदिएकाले फेरि कोराना परीक्षण तथा आइसोलेशनको व्यवस्थापन गर्न समस्या देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए ।