महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै यसपालिको होली पर्व नखेल्न आदेश जारी गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले मंगलवार जारी गरेको आदेशमा फागू पूर्णिमा (होली) लगायत कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भीडभाड गर्न, मानिसहरू भेला जुलुस गर्न नपाइने भनिएको छ । गृह मन्त्रालयको चैत ८ गतेको पत्रका आधारमा जारी गरिएको आदेश मंगलवार राति १२ बजेदेखि अर्काे व्यवस्था नभएसम्मका लागि लागू हुने जनाइएको छ । कञ्चनपुर जिल्लामा गड्डाचौकी र गौरीफन्टा नाकाबाट मात्रै नेपाल–भारत आवतजावत गर्न पाइने र स्वास्थ्य जाँच अनिवार्य गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यस्तो छ आदेश