महेन्द्रनगर । प्रहरीले लागुु औषधको कारोवार गरिरहेको अवस्थामा दैजीबाट खैरो हेरोइन सहित पाँच जना पक्राउ गरेको छ । अस्थायी प्रहरी विट दैजीबाट खटिएको प्रहरीको टोलीले कारोवार गरिरहेको अवस्थामा बेदकोट नगरपालिका १० दैजी बजार नजिकबाट खैरो हेरोइन सहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका १० का २२ वर्षीय सुनिल साहु, सोहि ठाउँका २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, बेदकोट ३ का उमेश डगौरा र सोहि ठाउँका सुरज राना रहेका छन् ।

उनीहरुको साथबाट ८ दशमलव ४५ ग्राम खैरो हेरोइन, लागु औषध चरेश १२० ग्राम बराबमद गरेकोे छ । यस्तै, चुरोट, लाईटर समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएका छ ।

सो क्षेत्रमा लागु औषधको सेवन तथा कारवार हुने गरेको सुकारीको आधारमा छापा हान्दा खैरो हेरोन सहित त्यसको कारवारमा संलग्न व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिइएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्ष उमा प्रसाद चतुर्वेदीले बताए ।

उनका अनुसार नियन्त्रणमा लिएका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुमाथी लागु औधष ऐन २०३३ अन्र्तग कारवाहि हुने उनको भनाई छ ।