दार्चुला- दार्चुलाका नौवटा स्थानीय तहमध्ये पाच वटा स्थानीय तहमा बाख्र्रामोडल फर्म स्थापना हुने भएको छ। बाख्रा पालनलाई सुधार गर्दै उत्पादनमा वृद्धि गरी पशु प्रवद्र्धनमा टेवा पुर्याउन उदेश्यले पशु विकास कार्यक्रम अन्तरर्गत दार्चुलाका पाच वटा स्थानीय तहमा बाखा्रमोडल फर्म स्थापना हुने भएको हो।

जिल्लाका दुई वटा नगरपालिका तथा तिन वटा गाउँपालिकामा यो कार्यक्रम सञ्चालन हुने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाले जनाएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका लेकम गाउँपालिका दुहुँ गाउँपालिका शैल्यशिखर नगरपालिका तथा महाकाली नगरपालिकामा यो कार्यक्रम सञ्चालन हुने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख देवि दत्त भट्टले जानकारी दिए।

स्थानिय स्तरमा रोजगारीको सृजना गरी बाख्रापालनबाट मासु उत्पादन गरि देशको अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले बाख्रापालन स्रोत केन्द्र स्थापनाको लागि सबैभन्दा उत्कृष्ट ठाउँ छनोट गर्न लागिएको उनले बताए। फर्ममा बाख्रा पालन स्रोत केन्द्र स्थापना भए पश्चात स्थानिय स्तरमा पाल्दै आएका बाख्राहरुको उत्पादनमा वृद्धि हुने र बढि भन्दा बढि मासु उत्पादन गर्न सकिने हुँदा आर्थिक समृद्धि तर्फ फडको मार्न टेवा पुग्ने आकलन गरिएको छ। यसका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाबाट चालु आर्थिक वर्षमा झण्डै ३० लाख रुपैँया बजेट विनीयोजन गरिएको छ। यस्तै जिल्लामा भेडापालन सुधार आयोजना पनि सञ्चालनमा रहेको बताइएको छ।

संघ प्रदेश स्थानीय तहको सहकार्यमा भेडा संरक्षण कार्यक्रम पनि सञ्चालन भइरहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र दार्चुलाका कार्यालय प्रमुख भट्टले बताए। यो कार्यक्रम जिल्लाको व्यासँ गाउँपालिका तथा अपि हिमाल गाउँपालिकामा संचालन भइरहेको बताएका छन। यि दुई स्थानीय तहमा यो कार्यक्रम सञ्चालनका लागि २० लाख रुपैँया बजेट विनीयोजन गरिएको छ। स्थानीय रैथाने कुखुरा प्रबद्र्धन कार्यक्रम अन्तर्गत ग्रामिण कुखुराको मिनि हेचेरी निर्माण सहयोग कार्यक्रम पनि सञ्चालनमा रहेको छ।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाले मासु उत्पादनका लागि व्यावसायिक बाख्रा प्रबर्धन कार्यक्रम जिल्लाको मालिकार्जुन गाउँपालिका छनोट गरेको जनाएको छ।