कञ्चनपुरमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको शुक्रबार भिमदत्त नगरपालिका वडा नं ५ स्थित पुर्ब पश्चिम महाकाली सिचाई नहरको उत्तर तर्फ नहरको किनाराको पानीमा अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो ।

उनको शव पानीमा दुबै खुट्टाको घुँडा खुम्चिएर जमिनमा टेकिई दुबै हात र टाउकोसमेत सोही नहरको जमिनमा टेकिएको, हिलो माटो लागेर चाउरी परेको, लेउ लागेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष अमर बहादुर थापाले बताए ।मृतकको शव परीक्षणको लागी महाकाली अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको जनाएको छ । मृतकको परिचय भने खुलेको छैन ।