32.9 C
Mahendranagar

जिन्दगिको वर्णमाला र मेरो देश

  • 174
    Shares

क-ज्ञ को भेद बुझ्ने मेरो चेष्टा 

मेरा परिवेश सँग किन वर्णमाला का ककहरा मेल खाइरहेका छैनन् ?

गुरुलाई बारम्बार मैले गर्ने प्रश्न 

मेरो किताबि जीवन को ककहरा भित्र

मेरो देश र ब्रह्माण्ड को ककहरा खै ?

गुरु सिकाउनु न !! जसरी पनि!!

किन मेल खाँदैन ??

मेरो सङ्क्रान्तिको दिन साथिको क्रान्ति

मेरो भ्रान्तिको दिन साथिको समृद्धि र सम्भ्रान्ति

आस पलाउदै आएका निराशा का दिन

क बाट कल्पना गर्दै हिँडेको म अजनबि पथिक

ख बाट खलखलि जति पसिना बगाए पनि 

बोल्दाबोल्दै ग बाट गला को गलबन्दी फुक्लिएको 

गजब सँग फोटो राख्दै फेसबुक अपडेट गर्दा 

घ बाट घरघरमा पुग्न नसके पनि

ङ बाट रङ रङको विविधता युक्त समाज को सुन्दर दृश्य सम्झेको मात्र के हुन्छु ?

 च बाट चकनाचुर हुन्छ मेरो स्वच्छन्द सपना

छ बाट छर्लङ्ग भए पनि इमानदार हरुको प्रेमकथा

सँधै ज बाट जलेका छन् गुलियो नदेखेका जलेबिलालहरु

अनि झ बाट झण्डा को छत्रछायाँमा अडिग स्वाभिमानी सपुतहरु पनि

ञ बाट मञ्च मात्र खोजिरहेको एक श्रष्टा परिबन्दमा गुल्टिरहँदा

ट बाट टपर्टुय्याले टालाटुली बाटुली को 

शिर्षक नै फाटुलि नबनाएको पनि कहाँ हो र ?

रातदिन ड बाट डुलिरहेका परिश्रमी कर्मि मौरि रानि मौरि नपाएर छटपटिइरहदा

ढ बाट ढक्कन उघारेर मौका छोपेर त्यहि मह खानेहरु को अर्जुन दृष्टि सल्बलिइरहन्छ ।

ण बाट बाणरुपि निशाना आवश्यक हुन्छ तब

जबसम्म त बाट तराजुमा तौलिएर बाजका लागि आफ्ना लागि मासु काट्ने राजा शिविको मुल्य रहँदैन थ बाट थपडि बज्छ तब हुन्छ जनताको पुष्पवृष्टि

द बाट दलाली को बिउ मेटिने गरी जब दन्किन्छ अन्तस्करण को ज्वाला

ध बाट धन्यवाद को प्याला सुम्सुम्याइ निर्धक्क प्यास बुझाँउछन् सत्य हरिशचन्द्र हरु

अनि न बाट नग्न देखेर मग्न हुनेहरुको मनको सिँहासनमा तपतपि खस्नेछन् सिँगाने बूँदहरु

प बाट पस्कने छन् कलाकारहरुले मनका टिकटक अनि पड्काउने छन् भावनाका बारुदी सुरुङहरु

फ बाट फस्दै जान्छन् फन्ट फन्टमा फन्टुस फन्दाले फकाउने हरु

ब बाट बकुल्ला झै ध्यान गरेको देखाइ नक्कलि बलिउडको कोकोहोलो मचाए पनि

भ बाट भात खाएर जात सोध्ने रटान लगाएर

म बाट मन्दिर मा तथानाम बोका,हाँसको एक गास बनाएर ढोँग रच्नेहरु

य बाट यलम्बर बन्न प्रयत्नरत तथानामका उरन्ठेउला पात्र हरु 

र बाट रजाँइमोहले सुशासन को घाँटी निमोठ्न पल्केका अन्धा धृतराष्ट्र हरु

ल बाट लज्जाबोध नभइ लम्पसारबादतर्फ लम्केका सच वक्ता हरु

परिवेश को तालसँग गुञ्जनको माधुरी धुन मा सरगम लट्पटिदा

व बाट विमुख वशिष्ठझै गुरु बन्न सक्नेहरु समेत समाधिमा लिन भइरहेछन् मेरो देशका अलौकिक प्रतिभाहरु

अनि धिक्कार लाग्छ त्यस गुरुत्वाकर्षण देखि जसले तान्नुपर्नेलाई तान्न नसकेर नतान्नुपर्नेलाइ तान्न खोज्छ

अनि 

स बाट सम्भावना को पर्खालमा सरिसृपहरु घसारिदै एम्फिबियामा दर्ज हुँदा

परिदृश्यको मझेरी मा ठुटो     

 समातेर हज गर्न एक गाउँले ठिटो 

श बाट शक्तिहिन बनेका शक्तिशाली हरु स्वयं ताम्रपत्र सहित शुभकामना का सायरिहरु डायरि भर्दै गर्दा 

ष बाट षडयन्त्र को यन्त्र आविष्कार गर्दै भष्मासुर बनि शिवको पछि दगुरिरहँदा

ह बाट हठात् मानसिकता ले घुमिरहेको चक्र मुनि आफ्नै घाँटी राखि परीक्षण गरि हेर्दा

क्ष बाट क्षतविक्षत योजना भित्र कोरोनाले घुसाएको सूर्यपाक ताउलि 

त्र बाट त्रस्तताले तृप्त मनको महाकाव्य अर्को त्रेतायुगसम्म अड्क्याउन नसक्दा

ज्ञ बाट ज्ञात पद समेत गुल्टिएर थिग्रिन्छन् घोल्यमात्राको पदावलिभित्र

यहि क-ज्ञ को ककहरा भित्र 

कर्याङकुरुङ को बथानसरि माला मै उनेर 

सिक्न चाहन्छु म

क- ज्ञ को भेद

अनि ज्ञेय र अज्ञेय को भेद

जहाँ कोर्नेछु म कलिला मुना मञ्जरि भित्र विशाल वृक्ष बन्ने सम्भावना

त्यो पत्र कोर्न स्वयं आत्म प्रतिबिम्ब को बन्नेछु म एक सच्चा पत्रकार

चाहिने छैन पत्र मञ्जुषाको लागि मेरो सिनेमारुपि मनको मञ्जुरीनामा

किनभने स्वतन्त्र मनको स्फटिकमणि का लागि भेदको स्थान छैन

गुच्छा, गुच्छा अनि हरेक बस्तिको पुञ्ज मा शक्ति स्वरुपा तब देखिनेछु जब आफ्नाको लागि होइन म अर्काको लागि केहि गर्न अन्तरहृदय देखि जुट्नेछु 

अनि बन्नेछ मेरो प्यारो हिमालको काखमा सजेको स्वाभिमानी देश

र बेबिलोनियाको बगैंचा सरि झुल्नेछन् यहाँ का विकास का सम्भावना हरु

विकिपीडिया र गुगलमा होइन यथार्थपरक दिलभित्र 

हरेक नेपालीको ककहरामा

अनि स्वार्थरहित अमिला र टर्रा को संयोजनमा बन्नेछ तटस्थ लवणमय लावण्य देश 

हरेक मनको स्वस्थानी मा

अनि बन्नेछ मेरो प्यारो नेपाल !!! 

  • 174
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...