महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महिला तथा बालबालिका विरुद्ध हुने अपराध न्युनिकरणका लागि तीन महिने सुरक्षीत चेली अभियान सञ्चालन गरेको छ ।
महिला विरुद्ध हुने घरेलु हिंसा,यौनजन्य हिंसा न्युनिकरणका सचेतना कार्याक्रम अन्र्तगत सुरक्षीत चेली अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । नागरीक समाज,स्थानीय तह जिल्ला प्रहरी कार्यालय महिता तथा जेष्ठ नागरीक शाखा र अन्य जिम्मेवार निकायसंग हातेमाले गरेर अपराध नियन्त्रणका लागि समाजमा रहेका सबै पक्षलाई सचेत गराउने उदेश्यले तीन महिनासम्म सुरक्षीत चेली अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्रवेदीले जानकारी दिए ।


“यो कार्यक्रमले अपराध नियन्त्रणका लागि प्रहरीसंग आम नागरीकले हातेमालो गर्छन ।” उनले भने–“प्रहरीप्रति नागरीकको जनविश्वास बढ्ने हुनाले सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।” उनले जिल्लाका विभिन्न विद्यालय र समुदायमा सचेतना मुलक कार्यक्रम गर्ने र दोस्रो चरणमा आत्मरक्षा कार्यक्रम सञ्चालन गर्ने बताए । त्यसैगरी सुरक्षीत चेली अभियानको समुद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तमराज सुवेदीले पछिल्लो समय अपराधीक क्रियाकलाप बढ्दै गएको भन्दै यसप्रति आम नागरीकले सचेत हुन आवश्यक रहेको बताए । “समाजमा हुने अधिकांश अपराध सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका छन ।” सुवेदीले भने–“नेपाल प्रहरीको तथ्याङ्क अनुसार समाजमा घटेका घटना आफन्तबाटै भएका छन यसतर्फ सबैले सचेत हुनु आवश्यक छ ।” कार्यक्रममा यहाँका विभिन्न संघसंस्था,विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।