सिमान्तकृत एकल महिला समुहका प्रतिनिधिहरुलाई नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि सम्वन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम बुधबार देखी महेन्द्रनगरमा सुरु भएको छ ।

नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना अन्तरगत एकल महिला समुहका प्रतिनिधि सहभागिहरुको नेतृत्व बिकास गर्दै क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको हो । तालिममा शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकामा मानव अधिकारका लागि महिला एकल महिला समुह÷डब्लुएचआर ले गठन गरेका १७ ओटा समुहबाट ३४ जना एकल महिलाको सहभागिता रहेको छ ।

तालिममा सहभागिहरुलाई लिंग÷लैगिंकता भनेको के हो ? लिंग र लैगिंकतामा फरक, लैङ्गिक विभेद, लैङ्गिक हिंसा, महिला माथि हुने हिंसा र हिंसाका प्रकारहरु, महिलालाई रोक्ने–छेक्ने सामाजिक–सांस्कृतिक अवरोधहरु, एकल महिला को हुन ? एकल महिला अभियानको इतिहास, समूहको महत्व, समुह गठन र परिचालन बिधि, समुह पदाधिकारीको भूमिका, एकल महिलाको अवस्था विश्लेषण आदी बिषयमा प्रशिक्षण गरिने नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताए ।
यसका अतिरिक्त नेता र नेतृत्व भनेको के हो ?, नेतृत्व विकासको परिचय र आवश्यकता, नेतृत्वको प्रकार र शैली, नेतृत्वमा हुनुपर्ने गुणहरु र दृढ निश्चयी नेतृत्व÷हामिले खोजेको नेतृत्व, नेतृत्वमा महिलाको सहभागिता र नेतृत्वमा समान अवसर तथा स्थानीय सरकारको योजना तथा बजेट तर्जुमा पद्धति यसका विभिन्न चरणहरु, लैगिंक उत्तरदायि बजेट, स्थानीय सरकार संचालनमा निर्वाचित महिला÷सीमान्तकृत समुहका महिला जनप्रतिनिधिहरुको भूमिका, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, महिला अधिकार र शसक्तिकरण, महिला अधिकारको क्षेत्रमा भएका नितिगत उपलब्धीहरु, महिलामाथि हुने हिंसा तथा कानुनि ब्यवस्था आदी बारे तालिममा जानकारी गरिने छ ।