महेन्द्रनगर : मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन । मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो । अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले सेवाग्राहीबाट कित्ताकाट गरेबाफत २४ हजार घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको बताए ।