महेन्द्रनगर । हात्तीको आक्रमणबाट मृत्यु भएको पुनर्वासको सीताबीतीकी धना देवि थापाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कंचनपुर शाखाको सामुदायिक विपद व्यवस्थापन समितिले पीडत परिवारलाई पाच हजार सहयोग गरेको हो । थापाको स्याउला लिन जंगल गएका बेला हात्तिको आक्रमणबाट मृत्यु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी एमरेड परियोजनाले बाढी प्रभावित समुदायहरु भकुण्डा, गणेशवस्ती, उदरी, सिमरी, रातोताल, परासन र सीतावस्तिमा सामुदायिक विपद व्वस्थापन समिति मार्फत विपद जोखिम न्यूनिकरणका क्रियाकलापहरु संचालन गर्दै आइरहेको कार्यक्रम संयोजक महेश घिमिरे बताए ।