महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले गरेको शुल्क वृद्धिको विरोधमा विद्र्याीहरुले विश्वविद्यालयको पठनपाठन बन्द गराएका छन । विश्वविद्यालयले मनोमानी ढंङ्गले शुल्क वृद्धि गरेको भन्दै मङ्गलबार विश्वविद्यालयको पठनपाठन ठप्प पारेका हुन । विश्वविद्यालयले केन्द्रिय क्याम्पस र आंगिक क्याम्पसको शुल्कमा एकरुपता कायम गर्न भन्दै केन्द्रिय क्याम्पसको शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका छन । कोरोना महामारीका कारण विश्वकै अर्थतन्त्र कमजोर भएको र वेरोजगारी सिर्जना भएका बेला देशको अर्थतन्त्र नबुझी मनोमानी ढंगबाट शैक्षिक शुल्क वृद्धि गरिएको भन्दै विद्यार्थी संगठनहरुले शुल्क घटाउन माग गरेका छन ।अहिले विद्यार्थी संगठनहरु र रजिष्टारबिच छलफल भइरहेको छ ।