महेन्द्रनगर । सिराहाको लहानस्थित मालपोत कार्यालयमा ८ जना घाइते हुने गरी बम बिस्फोट गराएको आरोपमा एक जनालाई पक्राउ परेका छन् ।

लहान नगरपालिकाका–३८ वर्षीय बलराम मण्डललाई सोमबार साँझ पक्राउ गरिएको हो । उनलाई सशस्त्र प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

आइतबार मध्यान्ह मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । विष्फोटमा परी गम्भीर घाइते भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै, मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादवको विराटनगर र अन्य घाइतेहरुको स्थानीयस्तरमा उपचार भइरहेको छ ।
विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।