महेन्द्रनगर। सर्वदलीय बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएपछि आज सर्वदलीय बैठक बस्ने भएको हो ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको जानकारी दिए ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ।