महेन्द्रनगर । नयाँ नागरिकता तथा नागरिकताको प्रतिलिपि सिफारिस गर्दा एफोर साईज नागरिकता अनुसूची फाराम मात्र प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । गृहमन्त्रालयको पत्राचार अनुसार प्रशासन कार्यालय नागरिकता सिफारिस गर्दा एफोर साईजमा मात्र प्रयोग गर्न प्रशासन कञ्चनपुरले आग्रह गरेको हो ।

कार्यालयका अनुसार वडा कार्यालयबाट नागरिकता सिफारिस गर्दा वंशज खुल्ने कागजात, जन्ममिति र स्थान खुल्ने महत्वपूर्ण कागजात एफोर साईजमा मात्र प्रयोग गर्नुपर्नेछ ।

यस्तै, आइतबार सूचना जारी गर्दै जिल प्रशासन कार्यालय कञ्चनपुरले एफोर साईजमा नभएका कागजातका आधारमा सेवा प्रवाह नहुने जनाएको छ । गृहमन्त्रालयको परिपत्र अनुसार सो प्रावधान आगामी वैशाख १ गतेबाट देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा लागु हुनेछ ।

यस्तो छ सूचाना,