सिरहा : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ । विष्फोटमा परी करिब आधा दर्जन मानिस घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।दिउँसो करिब १२ ः ४० बजे बम विष्फोट भएको जनाइएको छ । विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।