महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले गरेको शुल्क वृद्धि घटाउन
पाँच विद्यार्थी संगठनहरुले माग गरेका छन ।
आईतबार अनेरास्ववियु,नेविसंघ,अखिल क्रान्तिकारी र अखिल छेठौले सयुक्त विज्ञप्ति जारी गर्दै शुल्क तत्काल घटाई विद्यार्थीहरु माथी पर्न गएको आर्थिक भार कम गर्न माग गरेका छन । कोरोना महामारीका कारण विश्वकै अर्थतन्त्र कमजोर भएको र वेरोजगारी सिर्जना भएका बेला देशको अर्थतन्त्र नबुझी मनोमानी ढंगबाट शैक्षिक शुल्क वृद्धि गरेको प्रति गम्भीर ध्यानाकषर्ण भएको छ उक्त विज्ञप्तिमा भनिएको छ । विभिन्न समयमा विश्व्विद्यालयका पदाधीकारीहरुले विश्वविद्यालयको उन्नती र प्रगतिका सवालमा सरोकारवाला पक्षहरुसंग छलफल समन्वय नगरी एकलौटी ढंगबाट गतिविधि भइरहेकाले अब उप्रान्त नदोहोर्याउन समेत चेतावनी दिएको छ ।