महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले गरेको शुल्क वृद्धि घटाउन र विविएको प्रवेश परिक्षा पुन :सञ्चालन गर्न नेविसंघले माग गरेको छ ।
आईतबार नेविसंघले विज्ञप्ती जारी गर्दै विश्वविद्यालयले गरेको शुल्क वृद्धि घटाउन र गत २४ मा लिएको विविए प्रवेश परिक्षा पुन : सञ्चालन गर्न माग गरेको छ । “विश्वविद्यालयका पदाधीकारीहरुले यस क्षेत्रको आवश्यकता र माग भन्दा निजि स्वार्थ अनुसार सञ्चालन गरेको छ ।” नेविसंघका निर्वतमान केन्द्रिय सदस्य कैलाश चन्दद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ –“चर्को शुल्क वृद्धि आंगिक क्याम्पसहरुमा सञ्चालीत विभिन्न कार्यक्रमका प्रवेश परिक्षामा भएको अनियमितता र अपार्दशीता यसका उदाहरण हुन ।” सुदूरपश्चिमका आम जनताका छोराछोरीले सहज ,सहुलीयत र गुणस्तरीय शिक्षा पाउनुपर्ने ठाउँमा विभिन्न बाहानामा चर्को शुल्क वृद्धिले गरिबका छोराछोरीको उच्च शिक्षा हासिल गर्ने सपनामाथी तुषारापात गरिएको नेविसंघको भनाई छ । विश्वविद्यालयले भने केन्द्रिय क्याम्पस र आंगिक क्याम्पसको शुल्कमा एकरुपता कायम गरेको जनाएको छ ।