काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेपाली जनताले फेरि एकपटक माया गर्न थालेको बताएका छन्। उनले थुप्रै उतारचढावपछि नेपाली जनताले आफूलाई फेरि माया गर्न थालेको अनुभूति भएको बताए। प्रकाश विकल्पको ‘रोडम्याप’ पुस्तकको विमोचन गर्दै उनले यसअघि आफू जनतासँग केही टाढा भएको जस्तो देखिएको र केही समययता घटेका राजनीतिक घटनाक्रमका कारण जनतामाझ जाने अवसर जुरेको बताए। उनले आफू माओवादी युद्धपछि मुलधारको राजनीतिमा आएपछि महिला दिदीबहिनीबाट धेरै माया पाएको स्मरण गरे।दाहालले आफूहरुले केका लागि लडाई गरिरहका छौँ भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझिदिउन् भन्ने चाहना रहेको बताए।