महेन्द्रनगर । न्यायपरिषद्ले न्यायाधीशमा अधिवक्ता पुनम चन्दलाई सिफारिस गरेको छ । महेन्द्रनगरमा लामो समयदेखी वकालत गर्दै आएकि अधिवक्ता चन्दलाई उच्च अदालत सुर्खेतका लागि न्यायाधीस सिफारिस गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।