महेन्द्रनगर : नेकपा माओवादी केन्द्रले कञ्चनपुर जिल्ला पार्टी कार्यालयको उद्धघाटन गरेको छ ।
शुक्रबार भीमदत्तनगरपालिका–१८ स्थीत जानकीटोलमा पार्टी कार्यालय स्थापना गरेको हो । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि तत्कालिन नेकपा पार्टी कार्यालयमा नेकपा एमाले बसेपछि माओवादी केन्द्रले आफ्नै पार्टी कार्यालय स्थापना गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश जोशी नवराज ऐर देवेन्द्र ढुङ्गाना लगायतका नेताहरुको सहभागीता रहेको थियो । प्रदेशसभा सदस्य जोशी यसअघि ओली प्षमा लागेपनि अदालतको निर्णयपछि माओवादी केन्द्रमा फर्किएका हुन । सर्वोच्च अदालतल एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि केन्द्रदेखी जिल्लासम्म पार्टी कार्यालय स्थापना गर्ने क्रम बढेको छ ।