काठमाडौं : भारतमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेपछि लकडाउन सुरु हुन थालेको छ। महाराष्ट्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। महाराष्ट्र सरकारले नागपुरमा एक साताको लागि लकडाउन घोषणा गरेको छ।  नागपुरमा १५ देखि २१ मार्चसम्म पूर्ण लकडाउन हुनेछ। आपतकालीन अवस्थाबाहेक मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबनध लगाइएको छ। महाराष्ट्रमा केही सातायता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। भारतमा विश्वकै ठूलो खोप अभियान चलिरहेको छ।