महेन्द्रनगर । महाशीवरात्रीको दिन आज शिवालयहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । महेन्द्रनगर स्थीत शिवधाममा बिहानैदेखि शिवभक्तहरूको घुइँचोे छ । यसवर्ष कोरोनाको प्रभावका कारण पोहोर सालको तुलनामा घुँइचो कम भएको छ । बिहान ४ बजेदेखी राती १२ बजेसम्म मन्दिरमा खुला रहने शिवधाम क्षेत्र विकास समितिका सचिव शुसिल पाण्डेयले बताए । उनका अनुसार राती १२ बजे मन्दिरमा महारुद्राभिषेक तथा महापुजा गरिने छ । दर्शनार्थीको सहजताका लागि महिला पुरुष गरी दुई लाईन बनाइएको छ भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रशासनले महेन्द्रनगर कबर्डहल सडकमा सवारीसाधन निषेध गरेको छ ।