महेन्द्रनगर । महाशिवरात्री मेलामा सुरक्षा मापदण्डका साथ सहभागी हुन भक्तजनहरुलाई आग्रह गरिएको छ ।
महेन्द्रनगर स्थीत शीवधाममा बिहिबार देखी शनिबारसम्म चल्ने महाशीवरात्री मेलामा सहभागी हुन स्वास्थ्य सुरक्षाका मादण्ड अपनाउन शिवधाम क्षेत्र विकास समितिले आग्रह गरेको छ । कोरोना महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा अपनाएर मेलामा सहभागी हुने भक्तजनहरुलाई मास्क लगाउन आग्रह गरिएको हो ।
त्यसैगरी शिवधाममा हुने भीडभाडलाई मध्यनजर गरी शिवधाम क्षेत्र विकास समितिले भक्तजनहरुको सहजताका लागि आवश्यक बन्दोबस्त मिलाएको छ । मेलालाई व्यवस्थीत गर्न स्थानीय प्रशासनले समेत सर्तकता अपनाएको छ । यसवर्ष शिवधाममा पशुपतिनाथको श्रीविग्रहमा महारुद्राभिषेक तथा महापुजाको आयोजना समेत गरिएको छ । बिहिबार महाशीवरात्रीको दिन बिहान श्री नं २५ बाहिनी अड्डा भगतपुर व्यारेरका बाहिनिपति कृष्णबहादुर जिसीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको छ ।