32.9 C
Mahendranagar

दार्चुलामा खरी उत्खनन गरीदै

  • 73
    Shares

दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन सहज भएको छ । दुई वर्ष अघिदेखि खरी उत्खनन शुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो । 

दुई साता अघि मात्रै खरी खानीसम्म सडकको पहुँच पुगेपछि अहिले खरी उत्खनन सहज भएको मिनरल रिजर्भस प्रालिका निर्देशक डाक्टर सुरज भट्टले बताए । विगतमा सडक नहुँदा ढुवानीमा समस्या थियो । उपकरण लिन सकिएको थिएन् । अहिले गाउँपालिकाले कालागाड सिमार कृषि सडक निर्माण गरेपछि खरी उत्खनन सहज भएको हो । यो सडकबाट खानीसम्म कम्पनीले झण्डै सात सय मिटर सडक आफैले काटेको छ । अहिले खानीसम्म ट्याक्टर पुग्न थालेपछि खरी ढुवानीमा सहज भएको निर्देशक भट्टको भनाइ छ ।  कोरोनापछि खरी उत्खननमा केही ढिलाइ भयो । अहिले पनि मजदूर अभावले लक्ष्य अनुसार खरी उत्खनन हुन नसकेको उनको भनाइ छ । “अहिलेसम्म एक हजार टन खरी उत्खनन गरिएको छ”, उनले भने , “मजदूर अभावले उत्खननमा ढिलाइ भएको छ ।” 

गत वर्ष कम्पनीले ४५० टन खरी भारत निकासी गरेको थियो भने एक हजार टन खरी स्वदेशमै बिक्री गरेको हो । कम्पनीले धनगढीस्थित सुपखरी ढुङ्गा बिक्री केन्द्रमा बिक्री गर्दै आएको छ । यो वर्ष मजदूर अभावले थोरै ढिलाइ हुँदै छ । स्थानीयवासीले रोजगारी पाए पनि पर्याप्त मजदूर पाउन सकेका छैनन् । दुहुँका स्थानीयवासी लोकेन्द्रबहादुर बमले खरी खानी उत्खननपछि दुई वर्षयता स्थानीयले यही क्षेत्रमा थोरै थोरै काम पाउन थालेको बताए । कम्पनीले खरी उत्खननको मात्रा बढ्यो भने छिट्टै भारत निकासीको लागि प्रक्रिया थाल्ने जनाएको छ । कम्पनीले २०७४ पुस २० गतेबाट खरी उत्खननको काम थालनी गरेको थियो । विगतका विभिन्न अध्ययनले जिल्लामा सिसा, तामा, फलाम, खरीलगायत खनिजपदार्थ उत्खननको सम्भावना देखाए पनि लामो समयपछि मात्र खानी उत्खनन शुरु भएको हो । 

अहिले यो खानीमा १० जनासम्मले दिनमा काम गर्दैछन् । यस क्षेत्रमा २०८९ पुससम्म खरी उत्खनन गरिने छ । यहाँको  ५।८७ वर्ग किलोमिटर क्षेत्रफलमा खरी उत्खनन गरिने कम्पनीले जनाएको छ । कम्पनीले यस क्षेत्रमा खरीको सम्भावना रहेको जनाएको छ । यो क्षेत्रबाट १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन गर्ने योजना छ ।  दुहँु गाउँपालिकाले १५ वर्षमा तीन लाख २० हजार टन खरी उत्खनन् गरिने जनाएको छ ।

  • 73
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...